News Portal

ज्ञानेन्द्र शाही राप्रपाको प्रमुख सचेतक

रातोपोस्ट संवाददाता
२४५ पटक

काठमाडौं, ४ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ज्ञानेन्द्र शाहीलाई प्रतिनिधिसभा प्रमुख सचेतक मनोनीत गरेको छ ।
पार्टी संसदीय दलको विधानअनुसार अध्यक्ष एवं संसदीय दलका नेता राजेन्द्र लिङदेनले बुधबार शाहीलाई प्रमुख सचेतक मनोनीत गरेका हुन् ।

राप्रपा प्रवक्तासमेत रहेका शाही जुम्लाबाट प्रतिनिधिसभा सदस्य विजयी भएका थिए । यसअघि शाही मन्त्री हुने चर्चा थियो । तर, मन्त्रीमा नअटाएपछि उनलाई सचेतक बनाइएको हो ।

प्रतिकृया दिनुहोस्