News Portal

स्वदेशी सवारी दर्ता र प्रवर्द्धनका लागि कानुन बनाउन प्रधानमन्त्रीको निर्देशन

रातोपोस्ट संवाददाता
१७४ पटक

काठमाडौं, १० बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वदेशी सवारीसाधन उत्पादन र दर्ता सहज हुने गरी कानुन बनाउन निर्देशन दिइएको बताएका छन् ।

नेपालमै उत्पादित ‘यात्री’सहितका सवारीसाधनको दर्तामा समस्या अएको भन्दै गुनासो आएपछि प्रधानमन्त्रीले सामाजिक सञ्जाल ट्वीटरमार्फत मुख्यसचिवसहित सम्बन्धित निकायलाई निर्देशन दिइएको बताएका हुन् ।

‘यात्री’लगायत नेपालमा उत्पादित सवारीसाधन दर्ता नभएको भन्ने गुनासोलाई गम्भीरतापूर्वक लिएको छु, प्रधानमन्त्रीले अफिसियल एकान्टमार्फत भनेका छन्, “सवारीसाधन दर्ता एवं स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्ने गरी तत्काल कानुनी प्रबन्धको प्रक्रिया अगाडि बढाउन नेपाल सरकारका मुख्यसचिवमार्फत सम्बन्धित निकायलाई निर्देशित गरेको छु ।”

प्रतिकृया दिनुहोस्