News Portal

टोपबहादुरका छोरा सन्दीप बुटवलबाट पक्राउ

रातोपोस्ट संवाददाता
१८७ पटक

काठमाडौं, २० बैशाख । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी पक्राउ परेका छन् । सन्दीपलाई बुटवलबाट पक्राउ गरिएको उपत्यका प्रहरी कार्यालयका एआईजी श्यामलाल ज्ञवालीले बताए ।

सन्दीपमाथि नेपालीलाई भुटानी शरणार्थीको परिचयपत्र बनाएर अमेरिका पठाउने नाममा ठगेको आरोप छ । शरणार्थीको नाममा ठगेको आरोपमा पक्राउ पर्नेको संख्या ८ जना पुगेको छ । बुधवार नै उपराष्ट्रपतिको कार्यालयका सचिव टेकनारायण पाण्डे पेप्सीकोलाबाट पक्राउ परेका छन्

एमाले सचिव रायमाझीविरुद्ध पनि जिल्ला अदालत कठमाडौंबाट पक्राउ पुर्जी जारी भएको उपराष्ट्रपतिको कार्यालयका सचिव टेकनारायण पाण्डे बुधवार पेप्सीकोलाबाट पक्राउ परे । उनीमाथि गृह सचिव हुँदा नेपालीलाई भुटानी शरणार्थीको परिचयत्र बनाएर ठग्ने गिरोहलाई सघाएको आरोप छ । ५० वर्षीय सानु भण्डारीले टोपबहादुर रायाझीका छोरा सन्दिप रायमाझीको नाम पनि बयानमा खुलाएका थिए ।

प्रतिकृया दिनुहोस्