News Portal

नेपालको नयाँ नक्सालाई निशान छापमा राख्न आज संसदमा मतदान हुंदै

रातोपोस्ट संवाददाता
७५० पटक

काठमाडाैं, जेठ ३१। कालापानी, लिपुलेक समेटेर बनाएको नयाँ नक्सा निशान छापमा समेट्नका लागि नेपालको संविधान दोस्रो संशोधन विधेयक शनिवार संसदबाट पारित हुने भएको छ । शनिवार दिउँसो १ बजे बस्ने बैठकमा विधेयकको दफावार छलफल र पारित प्रतिनिधि सभामा नै गर्ने गरी सम्भावित कार्यसूची संघीय संसद सचिवालयले सार्वजनिक गरेको छ ।

कानून,न्याय तथा संसदिय मामिला मन्त्री शिवमाया तुम्बाहाम्फेले संसदमा संविधान संसोधन दोस्रो विधेयक छलफल तथा पारितका लागि प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसदको महासचिव डा. भरतराज गौतमले जानकारी दिएका छन् । जेठ १८ गते प्रस्तुत विधेयकमा शुक्रबारसम्म संशोधन दर्ताको समय थियो । संशोधनको अवधि सकिएसँगै पारितको प्रक्रिया अघि बढाइएको हो ।

शनिबार विधेयकमा दफावार छलफलपछि पारितको प्रक्रिया अगाडि बढ्ने छ । हस्ताक्षरसहितको मत विभाजन प्रक्रियाबाट संशोधन विधेयक पारित हुनेछ । हालसम्म सदनमा प्रतिनिधित्व गर्ने सबै दल संशोधन विधेयकको पक्षमा छन् ।

भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, कालापानी र लिपुलेकसमेतको क्षेत्र समेटेर सरकारले अद्यावधिक प्रशासनिक र राजनीतिक नक्सा जेठ ७ गते सार्वजनिक गरेको थियो । सोही नक्साअनुसारको निशान छाप परिवर्तनका लागि जेठ ९ गते संविधान संशोधन विधेयक दर्ता भएको थियो ।

प्रतिकृया दिनुहोस्