News Portal

वेष्टइण्डिज विरुद्ध रोहित पौडेलको अर्धशतक

रातोपोस्ट संवाददाता
६६ पटक

काठमाडाै, १५ बैशाख । वेस्ट इण्डिज ‘ए’विरूद्ध नेपालका कप्तान रोहित पौडेलले अर्धशतक प्रहार गरेका छन्। त्रिवि मैदानमा २०५ रनको लक्ष्य पछ्याउने क्रममा कप्तान पौडेलले ११ औं औभरको दोस्रो बलमा अर्धशतक पूरा गरेका हुन्।

अर्धशतक पूरा गर्ने क्रममा उनले ६ चौका र २ छक्का प्रहार गरे। त्यसअघि नेपालले तीन विकेट गुमाइसकेको छ।

ओपनरद्वय अनिल साह र कुशल भूर्तेल र कुशल मल्ल आउट भइसकेका छन्। अहिले कप्तान रोहित पौडेल र दिपेन्द्रसिंह ऐरी ब्याटिङमा छन्। नेपाल १०३ रन बनाएर खेलिरहेको छ।

प्रतिकृया दिनुहोस्