News Portal

रोहित पौडेलको शतकमा वेष्ट इण्डिज ‘ए’माथि नेपालको शानदार जित

रातोपोस्ट संवाददाता
७७ पटक

काठमाडाै, १५ बैशाख । कप्तान रोहित पौडेलको शतकमा नेपालले वेष्ट इण्डिज ए विरुद्धको टी-२० सिरिजमा विजयी सुरुवात गरेको छ। शनिबार भएको पहिलो खेलमा नेपालले वेष्ट इण्डजलाई ४ विकेटले हराएको हो। जितसँगै नेपालले पाँच खेलको सिरिजमा १–० ले अग्रता बनाएको छ। सिरिजको दोस्रो खेल भोलि आइतबार हुनेछ।

वेष्ट इण्डिज ए ले दिएको २ सय ५ रनको लक्ष्य नेपालले २ बल अगावै ६ विकेटको क्षतिमा भेट्टायो। नेपालका लागि कप्तान रोहितले सर्वाधिक १ सय १२ रनको योगदान दिए। रोहितले ५४ बलमा १० चौका र ६ छक्का हाने। उनले रोहितले ४७ बलमा १० चौका र ५ छक्का मद्धतमा शतक पूरा गरे। यसअघि उनले ११ औँ ओभरको दोस्रो बलमा चौका प्रहार गर्दै अर्धशतक पूरा गरेका थिए।

दिपेन्द्र सिंह ऐरिले २४ रन थपे। १८ बलमा २ चौका र १ छक्का हानेका उनी क्याच आउट भए। ओपनर कुशल भुर्तेल १६ रन बनाउँदा क्याच आउट भए। कुशल मल्ल १६ रनमा रनआउट भए। अर्का ओपनर अनिल शाह ५ रन बनाउँदा क्याच आउट भए। विवेक यादव ७ रनमा बोल्ड आउट भए। गुल्सन झा ९ र प्रतिश जिसी ५ रनमा नटआउट रहे।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको वेष्ट इण्डिज ए टोलीले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २ सय ४ रनको योगफल तयार पारेको हो। वेष्ट इण्डिज ए का लागि कदिम एलियन १४ किमो पल शुन्य रनमा मा नटआउट रहे।

कप्तान रोष्टन चेस ४७ रन बनाउँदा क्याच आउट हुन पुगे। ४६ बलमा ९ चौका र २ छक्का हानेका रोष्टन अन्तिम ओभरको चौथो बलमा दिपेन्द्रको बलमा कुशल मल्लको हातबाट क्याच आउट हुन पुगे। ओपनर एलिक एथानाजेले ४६ रन थपे। एलिस सातौँ ओभरको पाचौँ बलमा रोहित पौडेलको बलमा ललित राजवंशीको हातबाट क्याच आउट भए।

३८ रन बनाएका केसी कार्टी अविनास बोहोराको बलमा दिपेन्द्रसिंह ऐरिको हातबाट क्याच आउट हुन पुगे। आन्द्रे फ्लेचर १३ रन बनाउँदा रन आउट भए। जोनसन चाल्र्स शुन्य रनमा नै कमल सिंह ऐरिको बलमा बोल्ड आउट भए। नेपालका लागि कप्तान रोहित पौडेल, कमल ऐरि, अविनास बोहोरा र दिपेन्द्र सिंह ऐरिले समान एक विकेट लिए।

प्रतिकृया दिनुहोस्