News Portal

  • ताप्लेजुङमा मंगलबार राति गएको पहिरोले स्कुल बगायो

    रातोपोस्ट संवाददाता
    ६२८ पटक

    ताप्लेजुङ, असार ३: ताप्लेजुङकाे फक्ताङ्लुङ गाउँपालिका–४ इखाबु, खानीमा गएको पहिरोले एक स्कुलको भवन बगाएको छ।

    मंगलबार राति ११ बजे वर्षापछि पहिरो जाँदा रानी आधारभुत स्कुलको भवन बगाएकोे जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

    घटनास्थलतर्फ प्रहरी चौकी तापेथोकको प्रहरी टोली परिचालन गरिएको डिएसपी श्रेष्ठले बताए। स्कुलका प्रधानाध्यापक प्रेम खतिवडाका अनुसार पहिरोबाट विद्यालयको चार कोठे भवन, दुई कोठे पक्की ट्वाइलेट, स्कुलको खाजाघर समेत बगाउँदा लाखौँको क्षति भएको छ। त्यस्तै, स्थानीय भक्त लाबुङको भान्साघार र सुँगुर पहिरोले बगाएको छ। स्थानीय २० घरले लगाएको मकैबारीमा पनि क्षति पुगेको बताइएको छ।

    पहिरोमा मानवीय क्षतिको भने जानकारी नआएको डिएपी श्रेष्ठले जानकारी दिए। त्यस ठाउँमा गतवर्ष पनि पहिरो गएको थियो।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)