News Portal

२४ दिनमा आगलागी डढेलो र चट्याङबाट २७ जनाको मृत्यु

रातोपोस्ट संवाददाता
३३ पटक

काठमाडौँ, २६ बैशाख । आगलागी, डढेलो र चट्याङबाट वैशाखको २४ दिनमा २७ जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाख १ देखि २४ गतेसम्ममा उनीहरूको मृत्यु भएको हो।

प्राधिकरणले आगलागीबाट १८, डढेलोले ६ तथा चट्याङ लागेर तीन जनाले ज्यान गुमाएको तथा ९० जना घाइते भएको जनाएको छ।

यसैबीच, प्राधिकरणले अग्निपीडित परिवारलाई पनि अस्थायी घर बनाउन आर्थिक सहयोग गर्ने कार्यविधि स्वीकृत गरेको जनाएको छ। यसअघि त्यस्तो सुविधा भूकम्पपीडितका लागि मात्र उपलब्ध थियो।

प्रतिकृया दिनुहोस्