News Portal

  • १ नम्बर प्रदेशमा ७० जना कोरोना संक्रमित निको भएर घर फर्के

    रातोपोस्ट संवाददाता
    ४८१ पटक

    विराटनगर,असार १२ । प्रदेश नं १ बाट बिहीबार ७० जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।

    पूर्वाञ्चल विश्वविद्यालय गोठगाउँ मोरङ कोभिड–१९ आइसोलेशन केन्द्रमा उपचाररत ७० जना डिस्चार्ज भएका हुन्।

    डिस्चार्ज हुनेमा मोरङका १२, झापाका २९, सुनसरीका २०, इलामका दुई, उदयपुरका चार, पाँचथर, भोजपुर र ताप्लेजुङका एक-एक जना छन्।

    बिहीबार डिस्चार्ज हुने जेठ २५ देखि ३० गतेसम्म भर्ना भएका १५ देखि ४८ वर्ष उमेर समूहका रहेका छन्।

    डिस्चार्ज भएकाहरूलाई पूर्वाञ्चल विश्वविद्यालयका चिकित्साशास्त्र सङ्कायका डीन डा शैलेशमणि पोखरेल, स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेत लगायतले बिदाइ गरे।

    प्रदेश नं. १ बाट उपचारपछि डिस्चार्ज हुनेको संख्या ३ सय ५५ पुगेको छ भने यो प्रदेशमा बिहीबार सात जना संक्रमित थपिएको छ।

    तीमध्ये मोरङका एक, सुनसरीका दुई र झापाका चार जना छन्। प्रदेश नं. १ मा कोरोना संक्रमितको संख्या ५ सय ५ पुगेको स्वास्थ्य कार्यालयका प्रमुख बस्नेतले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)