News Portal

एनएमसीका गौरीगञ्ज शाखा प्रमुख लम्सालको सवारी दुर्घटनामा मृत्यु

रातोपोस्ट संवाददाता
७८७ पटक

झापा, साउन ४ । माेटरसाइकल दुुर्घटनामा परि नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) झापाको गौरीगञ्ज शाखाका प्रमुख प्रदीप लम्सालको मृत्यु भएको छ ।

गएराति केर्खामा राँगासँग मोटरसाइकल ठोक्किँदा लम्सालको मृत्यु भएको हाे ।

झापा गाउँपालिका वडा नं. ६ का २७ वर्षीय लम्सालसँगै मोटरसाइकलको पछाडि सवार एनएमसी शिवगञ्ज शाखाका प्रमुख धर्मेन्द्र सुबेदी गम्भीर घाइते भएका छन् ।

घाइते सुबेदीलाई उपचारका लागि विराटनगरको नोवेल हस्पिटलमा भर्ना गरिएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको अवस्थामा उनीहरु चढेको मे १० प ९८२६ नम्बरको मोटरसाइकल केर्खास्थित राजमार्गमा उभिएको राँगासँग ठोक्किदा उक्त दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाले जानकारी दिए ।

दुर्घटनामा गम्भीर घाइते भएका लम्साललाई स्थानीय प्रहरीले तत्कालै उपचारका लागि दमकको लाइफलाइन हस्पिटल लैजाँदै गर्दा उनको बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनिहरू सुरुङ्गास्थित आफन्तको घरमा पारिवारिक जमघटमा सहभागी भएर घर फर्किदै थिए । मृतक लम्सालकी पत्नी समेत एनएमसीको कर्मचारी रहेकी छन् । एनएमसीका अध्यक्ष रामचन्द्र उप्रेतीले अत्यन्त मिहेनती, कत्र्तव्यनिष्ठ र प्रतिभाशाली सहकर्मी प्रदीप लम्सालको निधनले एनएमसी परिवार स्तब्ध भएको बताए ।

प्रतिकृया दिनुहोस्