News Portal

पछिल्लो २४ घण्टामा थप ५८१ जना कोरोना संक्रमित, १६० जना डिस्चार्ज

रातोपोस्ट संवाददाता
३१३ पटक

झापा, भदौ १ । नेपालमा पछिल्लो २४ घण्टामा थप ५८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

देशका विभिन्न प्रयोगशालामा गरिएको ११ हजार ५२० जनाको परीक्षणमा ५८१ जनामा कोरोना संक्रमण फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिएका छन् । आज थपिएकासहित नेपालमा संक्रमितको संख्या २७ हजार २४१ जना पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप १६० जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या १७ हजार ४९५ पुगेको छ ।

प्रतिकृया दिनुहोस्

Our Team

अध्यक्ष : गणेश बहादुर मगर
सम्पादक : दिलिप थापा
संवाददाता: सुबराज लामिछाने
मल्टीमिडिया : एकराज प्रधान
व्यवस्थापक : अप्सना बेगम
सल्लाहकार : घनश्याम गाैतम
कानुनी सल्लाहकार : मानबहादुर खत्री
सम्पर्क नम्बर (९८५२६२१३००)