News Portal

२४ घण्टामा थप १९५४ जनामा कोरोना संक्रमण पुष्टि, ११ जनाको मृत्यु

रातोपोस्ट संवाददाता
७४५ पटक

काठमाडौं, १२ कात्तिक । नेपालमा पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ९५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका  डा. जागेरशवर गौतमका अनुसार ८ हजार २४८ जनाको पीसीआर भएकोमा १ हजार ९५४ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थय मन्त्रालयको तथ्यांक अनुसार देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ६४३ रहेको छ। जसमा संस्थागत आइसोलेशनमा ७ हजार ७०९ र होम आइसोलेशनमा ३१ हजार ९३४ रहेका छन् ।

यससँगै कुल संक्रमितको संख्या १ लाख ६२ हजार ३५४ पुगेको छ । प्रवक्ता गौतमका अनुसार बितेको २४ घण्टामा थप २ हजार ९८१ कोरोना संक्रमणमुक्त भएका छन् । यस्तै, देशभर कोरोना जित्नेको कुल संख्या १ लाख २१ हजार ८२४ पुगेको छ ।

संक्रमणका कारण पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ८ सय ८७ पुगेको छ ।

प्रतिकृया दिनुहोस्