News Portal

बिहान घरबाट निस्किएका वडाध्यक्ष मृत भेटिए

रातोपोस्ट संवाददाता
४२३ पटक

महेन्द्रनगर, ५ मंसिर । कञ्चनपुरको बेलडाँडी गाउँपालिका– ५ का वडाध्यक्ष कृष्णबहादुर रोकाया आज बिहान मृतावस्थामा फेला परेका छन् । ५७ वर्षीय वडाध्यक्ष रोकाया घरबाट करिब एक किलोमिटर टाढा मृत अवस्थामा भेटिएको हुन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता अमरबहादुर थापाले बिहान ७ बजेतिर घरबाट निस्किएका उनी साढे १० बजे मृत अवस्थामा भेटिएको जानकारी दिए । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिकृया दिनुहोस्