News Portal

शिवसताक्षीमा मोटरसाईकल दुर्घटनामा एक जनाको मृत्यु

रातोपोस्ट संवाददाता
६७० पटक

झापा,२१ मंसिर। झापाको शिवसताक्षीमा शनिबार राति ९ बजे भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा शिवसताक्षी–११ का ३० वर्षीय पैदलयात्री रमेश विष्ट भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडका प्रहरी निरीक्षक प्रकाश जबेगुले जानकारी दिए।

प्रहरी निरीक्षक जबेगुका अनुसार मे २ प ६९७० नम्बरको मोटरसाइकलले पदैलयात्री विष्ट र ईश्वरी तिम्सिनालाई ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर घाइते भएका विष्टको बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा उपचारको क्रममा शनिबार राति मृत्यु भएको हो। घाइते तिम्सिनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। प्रहरीले मोटरसाइकल नियन्त्रणमा लिएपनि चालक भने फरार रहेको जनाइएको छ।

प्रतिकृया दिनुहोस्