News Portal

पछिल्लाे २४ घण्टामा नेपालमा थप १२१७ जनामा कोरोना,१२ जनाकाे मृत्यु

रातोपोस्ट संवाददाता
४५८ पटक

काठमाडाै, २५ मंसिर। पछिल्लाे २४ घण्टामा  नेपालमा थप  १२१७ जनामा  कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएकाे छ भने १२ जनाकाे मृत्यु भएकाे छ। याे सँगै नेपालमा कुल संक्रमितकाे संख्या २ लाख ४५ हजार ६५०  पुगेको छ भने मृतककाे संख्या  १६ सय ६३  पुगेकाे  स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

त्यस्तै आज १०१४ जनाले कोरोना जितेर डिस्चार्ज भएको र याे सँगै काेराेना जित्नेहरूकाे कुल संख्या २ लाख   ३१ हजार ६०१ पुगेको छ । मन्त्रालयका अनुसार निको हुनेको दर ९४.२ प्रतिशत हो।  सक्रिय संक्रमितकाे संख्या देशभर   १२ हजार ३८६ रहेकाे  छ।

प्रतिकृया दिनुहोस्