News Portal

सनराइज बैंकको सीइओमा सुमन शर्मा नियुक्त

रातोपोस्ट संवाददाता
१४३३ पटक

काठमाडौं, २८ माघ । सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुमन शर्मा नियुक्त भएका छन्। बुधबार बसेको बैंकको सञ्चालक समितिको बैठकले उनलाई ४ वर्षका लागि सीइओमा नियुक्त गरेको हो।

यसअघिका सीइओ जनकराज पौडेलले राजीनामा दिएपछि सीइओ पद रिक्त थियो। ३ दशकभन्दा लामो समयदेखि बैंकिङ क्षेत्रमा अनुभव संगालेका शर्मा यसअघि माछापुच्छ्रे बैंकमा सीइओ थिए।

प्रतिकृया दिनुहोस्