News Portal

झापामा १३५ जनामा कोरोना संक्रमण

रातोपोस्ट संवाददाता
४३४ पटक

झापा, २४ बैशाख । झापामा पछिल्लो २४ घण्टामा थप १ सय ३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय झापाका अनुसार आज संक्रमित हुनेहरूमा विर्तामोडका २५, दमकका २०, कनकाईका २०, भद्रपुरका १७, गौरादह ९, मेचीनगर ९, कमल ७, हल्दिबारी ६, बुद्धशान्ती ६, अर्जुनधारा ५, शिवसताक्षी ४, बाह्रदर्शी ३, कचनकवल २ र ठेगाना नखुलेको ३ जना रहेका छन् ।

त्यसैगरी झापामा कोरोना संक्रमणका कारण आज थप २ जना महिलाको मृत्युु भएको छ । मृत्यु हुनेमा दमक – ३ की ३१ बर्षीय महिला र गौरादह–४ की ५० बर्षीय महिला रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईले जानकारी दिए ।

योसंगै झापामा कुल संक्रमितको संख्या ५ हजार ९२५ पुगेको छ भने, कोरोना संक्रमणका कारण मृत्यहुनेको संख्या १४६ पुगेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्