News Portal

स्वरोजगार भवानी सहकारी सस्थाकाे १४औँ बार्षिक साधारण सभा सम्पन्न

रातोपोस्ट संवाददाता
७८५ पटक

मेचीनगर, २२ मंसिर । श्री स्वरोजगार भवानी बचत तथा ऋण सहकारी संस्था काँकरभिट्टा सेवा केन्द्रकाे १४ औं वार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ । काँकरभिट्टाकाे सामुदायीक भवनकाे सभा हलमा आयोजित सभाको उद्घाटन मेचीनगर नगरपालिकाका वडा नम्बर ६ का अध्यक्ष ललित तामाङले गरेका थिए ।

प्रमुख अतिथि तामाङ, विशिष्ट अतिथिहरु समाजसेवी डिल्लीराम घिमिरे, जनप्रतिनिधि सावित्रा ल्वागुन,संस्थाका केन्द्रीय अध्यक्ष केशव बस्नेत, संस्थाका मेचीनगर संयोजक सुरेन्द्र बुडाथोकीले शुभकामना मन्तव्य राखेका थिए ।

सभामा ज्येष्ठ नागरीक, एकल महिला, एकल पुरुष, उत्कृष्ट बचत कर्ता, असल ऋणी र बाल वचत कर्ता विधाका ५९ जनालाई सम्मान गरिएको सेवा केन्द्र काँकरभिट्टाका कार्यालय प्रमुख हरि भट्टराईले जानकारी दिए ।

संस्थाका काँकरभिट्टाका अध्यक्ष टाेलबहादुर सुनार (नारायन) को सभापतित्वमा सम्पन्न कार्यक्रमकोे सञ्चालन संस्थाका केन्द्रीय सचिव मनोज भट्टराईले गरेका थिए ।

प्रतिकृया दिनुहोस्