News Portal

  • मोटरसाइकल दुर्घटना हुँदा पाँचथरमा एक जनाको मृत्यु

    रातोपोस्ट संवाददाता
    २८९ पटक

    पाँचथर, ३ असार । हिलिहाँङ गाउँपालिका-७ अन्तगर्त मध्य पहाडी लोकमार्गमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाईकल चालक हिलिहाङ-४ का ३६ बर्षीय रमेश योङया रहेको प्रहरीले बताएको छ ।

    योङयालाई शुक्रबार बिहान साढे ८ बजे लोकमार्ग अन्तर्गत एक्चेप्पा भिरमा अड्किएको अवस्थामा प्रहरीले फेला पारेका थिए । प्रहरीले उपचारको लागि जिल्ला अस्पताल पाँचथर पुर्‍याउनासाथ डाक्टरले योङयालाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

    योङया हिजो बेलुका ५ बजे पल्सर मोटरसाईकलमा घरबाट सदरमुकाम फिदिम हिडेका बताइएको छ । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय पाँचथरबाट थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)