झापा, १२ असोज । जनता समाजवादी पार्टी मेचीनगर समितिको अध्यक्ष धनकुमार राई सर्वसम्मत चयन भएका छन् । मंगलबार मेचीनगर-७ ईट्टाभटामा सम्पन्न नगरकाे भेलाले राईकाे नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेकाे हाे ।
समितिकाे वरिष्ठ उपाध्यक्षमा पवन मेचे, सचिवमा तरुण राई, सहसचिवमा सुकुडोमा तामाङ (राई) र काेषाध्यक्षमा कुमार राना मगर चयन भएका छन् । त्यस्तै सदस्यहरुमा संगिता राई, राम शंकर राई, राजु गुरुङ, गुणराज राई, मंगली माया कामी, केशब लिम्बू र उत्सव तामाङ चयन भएकाे निवर्तमान मेचीनगर अध्यक्ष ओम खापुङले जानकारी दिए । नगरकाे महिला उपाध्यक्ष भने कार्यसमिति बैठकले निर्णय गरिने उनले बताए ।
ओम प्रकाश खापुङ्गको अध्यक्षतामा भएकाे नगर भेलामा पार्टीका केन्द्रिय सदस्य धनप्रसाद गुरुङको प्रमुख आतिथ्यता रहेकाे थियाे । बिशेष अतिथिमा केन्द्रिय सदस्य चन्द्रकुमारी कार्की, प्रदेश सदस्यहरु केवल राई, उमेश थापा र मीरा कार्की, जिल्ला अध्यक्ष समर राई, जिल्ला कार्यकारी सदस्य एवं मेचीनगर ईन्चार्ज बालकुमार भुजेल, जिल्ला कार्यकारी एवम बुद्धशान्ति ईन्चार्ज तारा लिम्बूले खादा अबीर लगाएर बधाई तथा शुभकामना दिएका थिए ।