News Portal

नकलबन्दामा थापा परिवारले बनाइदिए मन्दिर

रातोपोस्ट संवाददाता
९५ पटक

मेचीनगर, १४ कार्तिक । मेचीनगर–६ नकलबन्दामा नवनिर्मित काली मन्दिरको विधिवत उद्घाटन गरिएको छ । विर्तामोड नगरपालिका वडा नं–५ निवासी पदमबहादुर थापाको परिवारले दिएको ८ धुर जग्गामा स्व. पिता बम बहादुर थापा र माता सरश्वती थापाको स्मृतिमा ‘चिटिक्क’ को मन्दिर निर्माण गरी स्थानीय समुदायलाई हस्तान्तरण गरिएको हो ।

उद्घाटन कार्यक्रममा प्रमुख आतिथिका रुपमा मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकी तथा विशिष्ट अतिथिका रुपमा उपप्रमुख मीना पोखरेल उप्रेतीको उपस्थिति रहेको थियो । बिर्तामोड निवासी उक्त थापा परिवारकै जग्गा र करिब १२ लाख लागतमा मन्दिर निर्माण गरिएको जनाइएको छ ।

मन्दिरका जग्गादाता समेत रहेका पदमबहादुर थापाको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा मन्दिरको चाबी स्थानीय समाजसेवी समेत रहेका बानेश्वर राजवंशीलाई हस्तान्तरण गरिएको हो । काँकरभिट्टा–बाहुनडाँगी सडकको किनारमै रहेको पुरानो मन्दिरलाई नयाँमा स्थानान्तरण गरिएको समेत थापा परिवारले जानकारी दिएको छ । स्थानीय राजवंशी समुदायको बाहुल्य रहेको उक्त क्षेत्रमा मन्दिर निर्माण गरिएको हो ।

स्थानीयले मन्दिर बनाइदिन आग्रह गरेपछि आफुहरुले मन्दिर बनाएर हस्तान्तरण गरिएको थापा परिवारका अभिभावक पदमबहादुर थापाले बताए । मन्दिर उद्घाटन कार्यक्रममा नगरपालिकाका प्रमुख बुढाथोकी, उपप्रमुख उप्रेती, बिर्तामोड खानेपानी संस्थाका अध्यक्ष मेघराज वाँस्तोला, स्थानीय टोल विकास संस्थाका, सुरक्षा निकायका प्रतिनिधि लगायतको उपस्थिती रहेको थियो ।

प्रतिकृया दिनुहोस्