मेचीनगर, २० कार्तिक । झापाको मेचीनगर–९ स्थित सातपाखे ब्याण्डको आयोजनामा भोलि (बुधबार) सांगीतिक साँझको आयोजना गरिने भएको छ । कला, साहित्य र संगीतका पारखीलाई एकै ठाउँबाट प्रस्तुत गर्दै तीनै विधामा ख्याति कमाएका र उदयमान युवा पुस्तालाई जोड्न सागीतिक साँझ गर्न लागिएको हो । देश–बिदेशमा ख्याती कमाएका चर्चित कला, साहित्य सांगीतिक क्षेत्रका अब्बल ब्यक्तित्व र समाजमा उदयमानको रुपमा पहिचान बनाउँदै आएका नयाँ र पुराना पुस्ताबीच समन्वय र सहयात्राका लागि कार्यक्रम आयोजना गरिएको आयोजक सातपाखे ब्याण्डका अध्यक्ष राजेश पराजुलीले बताए ।
कार्यक्रममा पुराना कालजयी गीतहरु गुञ्जाएर नयाँ पुस्तामाझ संन्देश प्रवाह गरिने बताइएको छ । कार्यक्रममा राष्ट्रिय कलाकार कमल रसाइली र उत्तमजंग लिम्बूले गीत प्रस्तुत गर्नेछन् । दुवै कलाकार मेचीनगरबासी हुन् । कार्यक्रममा देही आर्टका छिातेन लामाले लाइभ पेन्टिङ गर्ने छन् । सँगसँगै नयाँ पुस्ताका युवाले पनि पेन्टिङमा भाग लिने बताइएको छ ।
कार्यक्रममा पुराना चिर्चित गायक तथा संगीतकार शिवशंकर थापा, भरत लामालाई सम्मान गरिने मन्जिल देवानले जानकारी दिए । सांगीतिक साँझको सहआयोजकमा मेचीनगर नगरपालिका र देही आर्ट रहेका छन् । मेचीनगर–९ को ल्होत्से इंग्लिस स्कूल, छहारी रेस्टुरेन्ट र माँ पाथिभरा स्वीट्सले आर्थिक सहयोग गरेका छन् ।