News Portal

समाजवादी प्रेस संगठन झापाको अध्यक्षमा गाेविन्द लुवागुन चयन

रातोपोस्ट संवाददाता
९७ पटक

झापा, २३ माघ । नेकपा एस निकट रहेको पत्रकारहरूको संगठन समाजवादी प्रेस संगठन नेपाल झापाको अध्यक्षमा गाेविन्द लुवागुन सर्वसम्मत चयन भएका छन् । आज झापाको सुरुगामा सम्पन्न भेलाबाट लुवागुनको नेतृत्वमा नयाँ नेतृत्व सहित समिति चयन भएको हो ।

जिल्ला भेलाले संगठनको उपाध्यक्षमा रिता दाहाल र डिकेन्द्र बस्नेत , सचिवमा सुरज प्रधान, सहसचिवमा नवराज सुवेदी र रन्जिता खड्का चयन भएका छन् भने कोषाध्यक्षमा एलिजा भेटवाल चयन भएकी छिन् ।

त्यस्तै जिल्ला सदस्यहरुमा कमल कटुवाल, डम्बर विक, कमल बुढाथोकी र जयकुमार राई चयन भएका छन् । कार्यक्रममा प्रमुख अतिथि समाजवादी प्रेस संगठनका केन्द्रीय उपाध्यक्ष तथा प्रदेस न १ का इन्चार्ज तीर्थ सिग्देलले गरेका थिए भने विशेष अतिथिकाे रुपमा नेकपा एसका जिल्ला उपाध्यक्ष बासु दुलाल र प्रत्युस राना, जिल्ला सचिवालय सदस्य पशुराम शंखर, संगठनका सस्थापक केन्द्रीय सदस्य लिला बराल, समाजवादी प्रेस संगठनका केन्द्रीय सदस्य अनिलदेव राई, दिलीप थापा, नेकपा एसका कन्काइ नगर अध्यक्ष प्रतिक राजवंशी लगायतकाे आतिथ्यता रहेकाे थियाे । कार्यक्रमको अध्यक्षता उपाध्यक्ष लुवागुनले गरेका थिए भने सञ्चालन संगठनका सचिव सुरज प्रधानले गरेका थिए ।

प्रतिकृया दिनुहोस्