News Portal

आम्दाको स्वास्थ्य शिविरमा पहिलो दिन ३० जना लिए सेवा

रातोपोस्ट संवाददाता
३२ पटक

मेचीनगर, १८ माघ । आम्दा मेची अस्पतालमा जारी स्वास्थ्य शिविरमा विहिबार ३० जना सेवाग्राहीले स्वास्थ्य परीक्षण गराएका छन् । अस्पतालमा जारी निशुलक स्वास्थ्य शिविर आज पनि सञ्चालन हुनेछ । शिविरमा बाल तथा बाल मुटुरोग सम्बन्धी विशेष सेवा सञ्चालन भइरहेको छ ।

अस्पताल परिसरमा जारी शिविरमा वरिष्ठ बाल तथा मुटुरोग विशेषज्ञ डा. नारायणबहादुर बस्नेतले स्वास्थ्य परीक्षण गरिरहेका छन् । बालबालिकाका विभिन्न प्रकारका स्वास्थ्य समस्या साथै बालबालिकाको मुटु रोग परीक्षण÷स्क्रिनिङ समेत शिविरमा भइरहेको जनाइएको छ । विहिबार पहिलो दिन सम्पन्न शिविरमा मेचीनगर मात्रै नभएर छिमेकी पालिकाहरु बुद्धशान्ति, विर्तामोडलगायतबाट समेत सेवाग्राहीहरु स्वास्थ्य परीक्षणका लागि आएका अस्पतालका प्रवक्ता किरण निरौलाले जानकारी दिए ।

‘ग्रामीण क्षेत्रमा तथा उपत्यका बाहिर बाल मुटु रोग विशेषज्ञ सेवा प्राप्त गर्न कठिन भएकाले उक्त सेवा निशुल्क प्रदान गरिएको र अस्पतालमा बाल तथा बाल मुटु रोग विशेषज्ञ सेवा विस्तारको सम्भावयता अध्ययन गर्नका निमित्त शिविर सञ्चालन गरिएको हो,’ अस्पताल प्रशासन प्रमुख समेत रहेका निरौलाले भने ।

प्रतिकृया दिनुहोस्