News Portal

कांग्रेस मेचीनगरले गठन गर्यो १० विभाग

रातोपोस्ट संवाददाता
४९ पटक

मेचीनगर, १९ माघ । नेपाली कांग्रेस मेचीनगर नगर समितिले विभिन्न दशवटा विभाग गठन गरेको छ । शनिबार नगर सभापति सुदय पनेरुको अध्यक्षतामा धुलाबारीस्थित पार्टी कार्यालयमा बसेको वैठकले दशवटा विभाग गठन गर्दै विभिन्न जिम्मेवारी तोकेको हो ।

जसअनुरुप संगठन विभागको जिम्मेवारी धनकाजी खत्रीलाई दिइएको छ भने भातृ तथा संघसंस्था विभागको जिम्मेवारी योगेन थापा मगरलाई दिइएको छ । यसैगरी, सूचना तथा सञ्चारको जिम्मेवारी मनोज घिमिरेलाई दिँदै गर्दा प्रशासन समन्वय विभागको जिम्मेवारी मुकेश लिम्बुलाई तोकिएको छ ।

यस्तै आर्थिक तथा व्यवस्थापन विभाग भुमि पौडेल, महिला समन्वय विभाग रिता घिमिरे, युवा परिचालन विभाग सन्तोष मेचे, खेलकुद विभाग नोवेम्बर नेम्वाङ, कृषि विभाग बद्री कार्की र टे«ड युनियन विभागको जिम्मेवारी विष्णु गौतमलाई तोकिएको नगर सभापति पनेरुले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्