News Portal

इटाभट्टा चौकमै ज्यानै लिनसक्ने सडक ‘एम्बुस’

रातोपोस्ट संवाददाता
४८ पटक

मेचीनगर, १८ माघ । व्यस्त इटाभट्टा बजार । सिटी सफारी र अटोको लस्करले ढाकिएको सडक । पूर्व–पश्चिम राजमार्गमा गुड्ने सवारीको रफ्तार उस्तै । तर, सडकको भने अवस्था बेहाल । इटाभट्टा चोकबाट उत्तर लाग्ने वित्तिकै सडकको लथालिंगपन जताततै दर्सिन्छ । उत्तरबाट आएका सवारीहरु राजमार्गमा निस्कने क्रममा दुर्घट्नै होला जस्तो गरेर त्रासमा पर्नुपर्ने अवस्था छ, अहिले इटाभट्टा चोकमा ।

धेरै समय भएको छैन । इटाभट्टा बजार केवल थोरै क्षेत्रमा सीमित थियो । उत्तरतर्फ अहिलेजस्तो धेरै पसलहरुको लस्कर थिएन । दक्षिणतर्फ पनि अहिलेजस्तो थिएन । तर, छोटो समयमै इटाभट्टाले एउटा नमुना सहरको रुप लिँदैछ । उत्तरतर्फ पसलहरु तिव्र रुपमा बढिरहेका छन् भने इटाभट्टा बजारले आफ्नो स्वरुप परिवर्तन गरिरहेको छ ।

तर, इटाभट्टा चोकमा सडकको अवस्था भने दुर्घट्ना पर्खिरहेको सडकको जस्तै छ । चोकमा खाल्डाखुल्डीले सडकलाई अस्तव्यस्त बनाएको छ भने राजमार्गमा पनि प्रहरीले चेकिङ लागि भन्दै र्याडर खडा गरेर झन अस्तव्यस्त बनाइदिएको छ । पछिल्लो समय इटाभट्टा दक्षिणको सडक कालोपत्रे बनेको छ भने उत्तरतर्फ पनि कालोपत्रे छ । तर, चोकको एरियामा कालोपत्रे भत्किएर सडक बेहाल बनेको छ । धुलो र धुवाँले व्यवायी, सवारी चालकहरु आजित छन् । तर, सम्बन्धीत निकायले देखेको छैन ।

इटाभट्टा एउटा बजार मात्रै नभएर मेचीनगर नगरपालिकाको राजधानी पनि हो । नगरको सम्पूर्ण प्रशासकिय कार्य सम्हाल्ने नगर कार्यपालिकाको भवन यहि सहरोन्मुख बजारमा छ । तर, चोकमा भएको सडकको यो अवस्था हाम्रो स्थानीय सरकारले देखेको होला ?

प्रतिकृया दिनुहोस्