News Portal

‘अमलाकाण्ड’ बनाउने ३८ युट्युब च्यानल परे कारबाहीमा

रातोपोस्ट संवाददाता
४६ पटक

झापा, २३ माघ । झापाको शिवसताक्षी नगरपालिकामा जबर्जस्ती करणी र पितृत्वसँग जोडिएको एक गम्भीर सामाजिक घटनालाई ‘अमलाकाण्ड’ भनेर अतिरञ्जित गर्ने विभिन्न युट्युब च्यानल कारबाहीमा परेका छन् । सञ्चारमाध्यमहरूको नियामक प्रेस काउन्सिल नेपालले बुधबार विज्ञप्ति जारी गर्दै ३८ वटा युट्युब च्यानललाई कारबाही गरेको जनाएको छ । काउन्सिलले कारबाहीमा परेका युट्युब च्यानलको नाम भने सार्वजनिक गरेको छैन ।

शिवसताक्षीमा मानसिक रोगसँग जुधिरहेकी २१ वर्षीया युवतीले २४ दिनअघि जन्माएको बच्चाको बुबाको खोजी भइरहेको छ । उनी चार वर्षयता आफ्ना श्रीमान्‌सँग छुट्टिएर माइत बस्दै आएकी छिन् । पीडित पक्षले छिमेकी गाउँकै एक ज्येष्ठ पुरुषलाई आरोप लगाएको छ । आरोपित वृद्धले दैनिक अमला र पैसा दिएर युवतीलाई शारीरिक सम्पर्कका लागि फकाउने गरेको आरोप पीडित परिवारले प्रहरीलाई दिएको जाहेरीमा उल्लेख छ । यद्यपि, आरोपित वृद्धले आफूले करिब ५० वर्षअगाडि नै परिवार नियोजन गरेको बताउँदै बच्चा आफ्नो नभएको दाबी गरिरहेका छन् ।

हेर्नुहोस् प्रेस काउन्सिलको विज्ञप्तिः

प्रतिकृया दिनुहोस्