News Portal

कपिलवस्तुमा स्टाफ नर्सलाई पनि कोरोना संक्रमण

रातोपोस्ट संवाददाता
६५४ पटक

काठमाडौं । कपिलवस्तुको तौलिहवा अस्पतालमा कार्यरत एकजना स्टाफ नर्समा कोरोना संक्रमण पुष्टि भएको छ।

मंगलबार संक्रमण देखिएका ८ जनामध्ये २५ वर्षीया स्टाफ नर्स पनि रहेको बताइएको छ ।
अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीको स्वाब लिएर परीक्षणका लागि पठाइएकोमा उनमा संक्रमण पुष्टि भएको कपिलवस्तुका सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले बताए।

अस्पतालका अन्य कर्मचारीहरुको परीक्षण गर्ने तयारी भइरहेको छ। कपिलवस्तुमा मंगलबार दिउँसो कोरोना संक्रमण पुष्टि भएका सबै कपिलवस्तु नगरपालिकाकाबासी हुन्। उनीहरु १९ वर्षदेखि ३६ वर्षसम्मका रहेको बताइएको छ ।

प्रतिकृया दिनुहोस्