News Portal

अमिताभ बच्चनको परिवारमा चार जनालाई कोरोना संक्रमण पुष्टि

रातोपोस्ट संवाददाता
५३२ पटक

काठमाडौं, असार २९ । भारतीय अभिनेता अमिताभ बच्चनको परिवारमा चार जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। अमिताभका साथै छोरा अभिषेक, बुहारी ऐश्वर्या राय बच्चन र नातिनी आराध्यालाई पनि कोरोना संक्रमण पुष्टि भएको हो।

परिवारका चार जनालाई कोरोना भाइरसको संक्रमण भए पनि अमिताभकी पत्नी जया बच्चनको रिपोर्ट भने नेगेटिभ आएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

यसअघि अमिताभले ट्विटमार्फत आफूलाई कोरोना भाइरस संक्रमणको बताएका थिए। उनी अस्पताल भर्ना भइसकेका छन्।

बच्चनलाई मुम्बईस्थित नानवती अस्पताल भर्ना गरिएको इन्डिएन एक्सप्रेसले लेखेको छ। बच्चनले परीक्षणका क्रममा आफूलाई कोरोना पोजिटिभ देखिएको जानकारी फेसबुक तथा ट्विटरमार्फत् गराएका छन्।

प्रतिकृया दिनुहोस्