News Portal

भारतको गुजरातमा डुङ्गा दूर्घटना हुँदा १२ विद्यार्थीसहित १४ जनाको मृत्यु

रातोपोस्ट संवाददाता
१२० पटक

काठमाडौं, ५ माघ । पश्चिमी भारतमा विद्यालयबाट पिकनिकमा लैजाँदै गरेको डुङ्गा पल्टिँदा कम्तीमा १२ विद्यार्थी र दुई शिक्षकको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ ।

गुजरात राज्यको वडोदराको हर्नी तालमा भएको सो डुङ्गा दुर्घटनाको कारण भने खुल्न सकेको छैन । स्थानीय अधिकारीहरूका अनुसार डुङ्गामा करिब २७ जना सवार थिए ।

डुबेको डुङ्गाबाट सात जनालाई उद्धार गरी नजिकैको अस्पतालमा उपचारका लगिएको प्रहरीले जनाएको छ । उद्धार कार्यमा खटिएका प्रहरीका अनुसार डुङ्गा यात्राका क्रममा पीडितहरूलाई लाइफ ज्याकेट प्रदान गरिएको थिएन ।

गुजरातको राज्य सरकारले मृतकका परिवारलाई चार लाख रुपैयाँ र दुर्घटनामा घाइते भएकाहरूलाई पचास हजार रुपैयाँ उपलब्ध गराउने जनाएको छ ।

प्रतिकृया दिनुहोस्