News Portal

भारतकाे पानीट्याङ्की बजारमा आगलागी हुँदा ११ वटा पसल जलेर नष्ट

रातोपोस्ट संवाददाता
१०९ पटक

झापा, १० चैत । सीमावर्ती भारतीय बजार पानीट्याङ्कीमा शनिबार बिहान आगलागी भएको छ । आगलागीबाट पानीट्याङ्की नयाँ बजारको लस्करै रहेको ११ वटा पसल जलेर पूर्ण रुपमा क्षति भएको छ ।

स्थानीयले आगो लागेको देखेपछि तत्काल प्रहरी र दमकललाई खबर गरेका थिए । आगो नियन्त्रणका लागि मेचीनगर नगरपालिकाको वारुणयन्त्रसहित नक्सलबारी, माटिगाढा र सिलगुढीबाट आएको वारुणयन्त्रले तीन घण्टा लगाएर आगो पूर्ण रूपमा नियन्त्रणमा लिएको भारतीय प्रहरीले जनाएको छ ।

आगलागीबाट किराना, कस्मेटिक, लत्ताकपडा लगायतका पसलहरूसहित होटेलहरू जलेको बताइएको छ । आगो विद्युतीय चुहावट भएर लागेको प्रहरीको अनुमान छ । काँकडभिट्टा नाकासँग जोडिएको सो बजारमा नेपालीहरूको भिड लाग्ने गरेको छ ।

प्रतिकृया दिनुहोस्