News Portal

खुमलटारमा दाहाल-नेपाल पक्षका नेता छलफल गर्दै

रातोपोस्ट संवाददाता
५५२ पटक

काठमाडौं, साउन १२ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालनिकट स्थायी कमिटी सदस्यहरू दाहाल निवास खुमलटारमा जम्मा भएका छन्।

स्थायी कमिटी बैठकको रणनीति तय गर्न अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीइतरका स्थायी कमिटी सदस्यहरू प्रचण्ड निवासमा भेला भएका हुन्। पार्टीभित्र देखिएको गतिरोधको निकासका विषयमा छलफल गर्न आफूहरू भेला भएको प्रचण्डनिकट एक स्थायी कमिटी सदस्यले बताए।

गएको १० असारबाट शुरू भएको नेकपाको स्थायी कमिटी बैठक पटक पटक अवरुद्ध हुँदै आएको छ। बैठक भोलि बिहान ११ बजेका लागि तय भएको छ। स्थायी कमिटी बैठक चलिरहेकै बेला अध्यक्ष एवं प्रधानमन्त्री ओलीको राजीनामाको विषय प्रवेश भएपछि नेकपाभित्र विवाद चर्किएको छ।

दुई अध्यक्षबीच चरण चरणमा छलफल भएपनि ठोस निकास निक्लिएको छैन। नेताहरूले सार्वजनिक मञ्चबाटै एकअर्काविरुद्ध अभिव्यक्ति दिएपछि विवाद झन् चर्किएको छ। दाहाल–नेपाल पक्षका अध्यक्ष ओलीलाई दुवै पदबाट हटाउन चाहान्छन् भने ओली कुनैपनि हालतमा राजनीनामा नदिने अडानमा छन् ।

प्रतिकृया दिनुहोस्