News Portal

विप्लव नेकपाका नेता ‘वीरजङ्ग’ सातौँपटक गिरफ्तार

रातोपोस्ट संवाददाता
१५०९ पटक

काठमाडौँ,२० असाेज।   नेत्र विक्रम चन्द (विप्लव) नेत्रित्वकाे नेपाल कम्युनिस्ट पार्टीका नेता चन्द्रबहादुर चन्द ‘वीरजङ्ग’ लाई प्रहरीले पुनः गिरफ्तार गरेको छ । जिल्ला अदालत ललितपुरको आदेशमा सोमबार रिहा हुनेबित्तिकै उनलाई प्रहरीले सातौँपटक गिरफ्तार गरेको हो ।

रिहा हुनेबित्तिकै नेता वीरजङ्गलाई गिरफ्तार गरेर पुनः काठमाडौँको कमलपोखरी प्रहरी कार्यालयमा राखिएको छ । कोरोना भाइरस सङ्क्रमण लगायत विभिन्न रोगले पीडित नेता वीरजङ्गको स्वास्थ्य अवस्था निकै नाजुक रहेको भन्दै उनको परिवारले चिन्ता व्यक्त गरेको छ । यसअघि दाङ, काभ्रे, भोजपुर, सुनसरीलगायत ६ ठाउँबाट रिहा भए पनि प्रहरीले नेता वीरजङ्गलाई राजनीतिक आस्थाका आधारमा गिरफ्तार गरेर पटकपटक गिरफ्तार गरेको परिवार स्राेतले जनाएकाे छ ।

प्रतिकृया दिनुहोस्