News Portal

आफ्नै दाईकाे हत्या गरेको अभियोगमा एक पक्राउ

रातोपोस्ट संवाददाता
५६३ पटक

सिन्धुली, २४ माघ। आफ्नै दाई ४६ वर्षीय चेत बहादुर बम्जनको धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा मरिण गाउँपालिका-३ मथौली बस्ने ४० वर्षीय मान बहादुर बम्जनलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

मान बहादुरले बन्चरोको पासो र खुकुरी प्रहार गर्दा चेत बहादुरको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सिन्धुली र ईलाका प्रहरी कार्यालय कपिलाकोटबाट खटिएको प्रहरीले मान बहादुरलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएकाे छ ।

प्रतिकृया दिनुहोस्