News Portal

प्रधानमन्त्री ओली आज पोखरा जाँदै

रातोपोस्ट संवाददाता
४५१ पटक

काठमाडाैं, १७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली आज पोखरा जाने भएका छन्। उनी ११ बजे पोखरा पुग्ने भएका हुन्।

उनले त्यहाँ गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्ने जनाइएकाे छ।

यसका साथै प्रदेश प्रशिक्षण प्रतिस्ठानको शिलान्यास र पोखरा रंगशालाको निरीक्षण गर्ने कार्यतालिका रहेकाे छ।

पोखरा–१ नदीपुरमा बन्न लागेको प्रशिक्षण प्रतिष्ठान शिलान्यासपछि उनले कार्यकर्ता भेलालाई सम्बोधन गर्नेछन्।

कार्यकर्ता सम्बोधनपछि प्रधानमन्त्री ओलीले पुनर्निमाण अन्तिम चरणमा पुगेको पोखरा रंगशाला निरीक्षण गर्ने छन्।

प्रतिकृया दिनुहोस्