News Portal

मेचीनगरका अग्रज ‘प्रसाईं बा’ रहेनन्

रातोपोस्ट संवाददाता
३०३ पटक

झापा, २३ साउन । झापा मेचीनगर–७, सतिघट्टा निवासी अग्रज टिकाप्रसाद प्रसाईंको गएराति निधन भएको छ । घर गाउँमा ‘प्रसाईं बा’ भनेर चिनिने ९४ वर्षीय प्रसाईंको गएराति १२ : ३० बजे बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारको क्रममा निधन भएको पारिवारिक स्रोतले बताएको छ ।

सामान्य स्वास्थ्य अवस्थाका बीच शुक्रबार साँझ अचानक स्वास्थ्य समस्या देखिएपछि उनलाई उपचारका लागि अस्पताल लगिएको थियो । हृदयघातको समस्याका कारण उनको निधन भएको अस्पताल स्रोतले बताएको जनाइएको छ ।

उनका तीन छोरा श्रीप्रसाद, विष्णु र चन्द्र रहेका छन् । विष्णु नेपाली काँग्रेसका स्थानीय नेता हुन् भने कान्छा छोरा चन्द्र नेकपा एमालेका जिल्ला तहका नेता हुन् ।

मदन भण्डारी स्मृति स्पोस्र्टस् एकाडेमी झापाका वर्तमान अध्यक्ष रहेका कान्छा छोरा चन्द्र युथ फोर्सका पूर्व जिल्ला अध्यक्षसमेत हुन् । ताप्लेजुङ्गको साविक निगुरादिनमा जन्मिएका स्वर्गीय प्रसाईं वि.स. २०१३ सालबाट सतिघट्टामा बसोबास गर्दै आइरहेका थिए ।

समाजसेवामा लामो समय ब्यतित गरेका प्रसाई समाजका अग्रज ज्येष्ठ नागरिकको रुपमा परिचित रहेको स्थानीय समाजसेवी युद्धराज ओलीले बताए । उनका सात छोरीहरु रहेका छन् ।उनको शनिबार विहान १०ः३० बजे स्थानीय मेची नदिमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।

प्रतिकृया दिनुहोस्