News Portal

स्थापना दिवसकाे अवसरमा प्रेस क्लबका अध्यक्ष बरालसहित दर्जनौं व्यक्तिहरु सम्मानित

रातोपोस्ट संवाददाता
९७ पटक

झापा, १९ भदौ । लोकतन्तवादी कर्मचारीहरुको पेसागत संगठन नेपाल निजामती कर्मचारी युनियन झापाले सञ्चार तथा सामाजिक क्षेत्र क्रियाशील , उत्कृष्ट कार्यरत र सेवा निवृत्त कर्मचारीलाई सम्मान गरेको छ। आफ्नो ३४औँ स्थापना स्थापनको दिवस अवसरमा कर्मचारी युनियनले उनीहरूलाई सम्मान गरेको हो । बुधबार झापाको सदरमुकाम चन्द्रगडीमा आयोजित कार्यक्रममा कांग्रेस झापाका कार्यबाहक सभापति केशवराज पाण्डे, युनियन आबद्ध पदाधिकारीले उनीहरूलाई सम्मानपत्र, दोसल्ला, अविरमाला र सम्मानपत्र उनीहरूलाई सम्मान गरेका हुन् ।

सञ्चार क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउने मध्येबाट पत्रकार डम्बर बराल सम्मानित भएका छन् । बराल मेची आवाज साप्ताहिक र सोही अनलाइनका प्रधान सम्पादक तथा प्रेस क्लब मेचीनगरका अध्यक्ष हुन । सामाजिक क्षेत्रमा योगदान पुर्‍याएबापत भद्रपुरका व्यवसायी दिपेश ढकाल सम्मानित भएका छन् । ढकाल जिल्लाका सिमेन्ट तथा चिया क्षेत्रका सफल उद्योगी मानिन्छन् । युनियनले भद्रपुर नगरपालिका सिनियर अहेव उमा (रेग्मी) भट्टराई र जिल्ला हुलाक कार्यालय झापाका सत्यनारायण गणेशलाई सम्मान गरेको हो । गणेश झापामा सो क्षेत्रकै इमानदार कर्मचारी मानिन्छन् ।

कार्यक्रममा पाण्डे, भद्रपुर नगरपालिका प्रमुख गणेश पोखरेल, युनियनका केन्द्रीय सदस्य लक्ष्मीप्रसाद दाहाल, नेपाल निजामती कर्मचारी संगठन झापा केदार पोखरेल, इन्जिनियर उत्तम खरेल लगायतले आआफ्नो धारणा राखेका थिए । कार्यक्रममा युनियन झापा अध्यक्ष कविन्द्रविक्रम नेम्वाङ, उपाध्यक्ष यशोदा कोइराला, सहसचिव चन्द्रप्रसाद पौडेलले संस्थागत अवस्था, गतिविधि र कार्यक्रमको औचित्य माथि प्रकाश पारेका थिए ।

युनियन झापा सचिव भानु भट्टराईका अनुसार सेवा निवृत्त कर्मचारी मध्येबाट ज्ञानबहादुर पौडेल, दिनेशकुमार आर्चाय, हरिप्रसाद मिश्र, रेखनाथ दाहाल, नेत्रप्रसाद दाहाल, विजयकुमार झा, गणेशप्रसाद सिटौला, ज्योति दाहाल, पद्माकुमारी भट्टराई, पर्शुराम काफ्ले र हरिप्रसाद काफ्ले सम्मानित भएका थिए । युनियनले हरेक वर्ष झापामा सोही प्रकृतिको कार्यक्रम गरेर स्थापना दिवस मनाउँदै आएको छ ।

प्रतिकृया दिनुहोस्