News Portal

प्रहरीद्वारा काँकरभिट्टाबाट अवैध कपडा बरामद

रातोपोस्ट संवाददाता
८० पटक

झापा, २१ भदौ । प्रहरीले झापाको मेचीनगरका विभिन्न स्थानबाट भनसार छलेर ल्याइएको कपडा बरामद गरेको छ । कपडा धनीबारे प्रहरी अन्योल छ । जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाको प्रहरी टोलीले मेचीनगर ६ टोकला बगान गेटबाट २ लाख ७५ हजार ५०० रुपैयाँको २७० थान पर्दा बरामद गरेको हो ।

त्यस्तै, धुलाबारी पेट्रोलपम्प आसपासबाट अवैध रुपमा भन्सार छलेर ल्याइँदै गरोको ४८ हजार रुपैयाँबराबरको जुत्ता बरामद गरेको हो । बरामद गरिएको सामग्री मेची भन्सार कार्यालय काँकरभिट्टा बुझाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यसैबीच, सशस्त्र प्रहरीले भारतबाट अवैध रुपमा भन्सार छलेर नेपाल भित्र्याइएको अन्दाजी १० लाख मूल्यबराबरको कपडा बरामद गरेको छ । मेचीनगर–२ भृकुटीचोक दक्षिण पिपल चोकबाट सो कपडा बरामद गरेको हो ।

प्रतिकृया दिनुहोस्