News Portal

मेचीनगरमा असोज १२ देखि जिल्लास्तरीय फुटबल प्रतियोगिता हुँदै

रातोपोस्ट संवाददाता
८२ पटक

झापा, २० भदौ । झापाको मेचीनगर-८ स्थित इट्टाभटा एफसि क्लबले प्रथम इट्टाभटा नकाआउट जिल्लास्तरीय फुटबल प्रतियोगिताको तयारी गरेको छ । स्थानीय युवाको चौतर्फी विकासलाई मध्यनजर गर्दै आगामी असोज १२ गतेदेखि १९ गतेसम्म नकाआउट जिल्लास्तरीय फुटबल प्रतियोगिता गर्ने भएको बुधबार पत्रकार समक्ष जानकारी दिएको छ ।

जिल्लाका बिभिन्न ८ वटा क्लबबाट प्रतियोगितामा सहभागी हुने र त्यसको सबै प्रक्रिया पूरा गरेको इट्टाभटा एफसि क्लबले अध्यक्ष मनकुमार लिम्बुले जानकारी दिए । उक्त प्रतियोगितामा प्रथम हुनेलाई १ लाख १ हजार १ सय १ रुपैयाँ र दोस्रो हुनेलाई ५१ हजार १ सय ११ रुपैयाँ नगद सहित ट्रफि तथा प्रमाणपत्र वितरण गर्ने जनाएको छ ।

प्रतियोगितामा सह-आयोजक मेचीनगर- ८ रहेको मेचीनगर-८ का अध्यक्ष गिरिराज धमलाले जानकारी दिए । युवाको चेतनाको विकाससंगै शारीरिक र बौद्धिक विकासका लागि पहिलो पटक इट्टाभटा नकाआउट जिल्लास्तरीय फुटबल प्रतियोगिता गरिएको अध्यक्ष धमलाको भनाई थियो।

केहीदिन अघि दर्ता प्रक्रिया पूरा गरी प्रतियोगिताको तयारी गरेकाले स्थानीय उद्योगी- ब्यवसायी एबम् संघसंस्थाबाट आर्थिक सहयोगको अपेक्षा गरिएको वडाका सदस्य एबम् खेलकुद संयोजक बिष्णु भट्टराईले जानकारी दिए । १५ लाख लाग्ने अनुमान गरिएको प्रतियोगिता मेचीनगर-८ स्थित बन बाटिका खेल मैदानमा तयारी गरिएको आयोजकको भनाइ छ । प्रचारप्रसारका लागि आयोजित पत्रकार भेटघाटको सञ्चालन रामकुमार गिरीले गरेका थिए ।

प्रतिकृया दिनुहोस्