काठमाण्डौ, २३ साउन । स्वास्थ्य मन्त्रालयले परीक्षा स्थगित गर्न सिफारिस गरेपछि यसबारे निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डको बैठक आज बस्दैछ।कोरोना सङ्क्रमण बढ्दै गएकाले कक्षा १२ सहितका अरु परीक्षा रोक्न मन्त्रालयले हिजो सिफारिस गरेको हो । कक्षा १२ को परीक्षा आउँदो ३१ गतेदेखि सुरु हुँदैछ । मन्त्रालयको सिफारिसपछि परीक्षा के हुन्छ भन्नेमा विद्यार्थी र शिक्षक अन्योलमा छन् । कक्षा १२ को परीक्षामा झण्डै चार लाख विद्यार्थी सहभागी हुँदैछन् ।परीक्षाबारे आज निर्णय हुने बोर्डले जनाएको छ । यसअघि गएको जेठ २६ गतेका लागि तय भएको परीक्षा बोर्डले स्थगित गरेको थियो ।कोरोना सङ्क्रमण फैलँदै गएकाले कक्षा १२ को सहित नजिक आएका सबै परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालय र कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्रलाई सिफारिस गरिएको स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले जानकारी दिनुभयो ।
कक्षा १२ को परीक्षा स्थगित गर्नेबारे निर्णय गर्न बोर्डको बैठक बस्दै
रातोपोस्ट संवाददाता
- स्थापना दिवसकाे अवसरमा प्रेस क्लबका अध्यक्ष बरालसहित दर्जनौं व्यक्तिहरु सम्मानित
- काँकरभिट्टामा तस्करको नयाँ शैली कारको ब्याक लाइटमा दुलो बनाई कपडा तस्करी
- प्रहरीद्वारा काँकरभिट्टाबाट अवैध कपडा बरामद
- मेचीनगरमा असोज १२ देखि जिल्लास्तरीय फुटबल प्रतियोगिता हुँदै
- झापामा एक कैदी अस्पतालबाट फरार
- मेचीनगरका वैज्ञानिक डा. लक्ष्मण मैनालीलाई अमेरिकामा २३ करोड रुपैयाँ अनुदान
- आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन
- बीएण्डसी मेडिकल कलेजले एमबीबीएस अध्यापनका लागि पायो ५० सिट
- लागूऔषध बिक्रीमा संलग्न डा.ढाका कुमार श्रेष्ठ पक्राउ
- मेचीनगरमा चुम्लुङको ३६ औं स्थापना दिवस सम्पन्न