News Portal

जापानले दिएको ४ लाख डोज खोप आज नेपाल ल्याइँदै

रातोपोस्ट संवाददाता
६०१ पटक

काठमाडौँ, २३ साउन । जापानले नेपाललाई उपलब्ध गराएको १६ लाख कोरोनाविरूद्धको खोपमध्ये चार लाख डोज खोप आज नेपाल आइपुग्दैछ ।

कोभ्याक्स सुविधामार्फत जापानले नेपाललाई उपलब्ध गराएको १६ लाख डोज एष्ट्राजेनेकाको खोपमध्ये आज र भोलिमा ८ लाख डोज नेपाल आइपुग्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

बाँकी आठ लाख डोज खोप अर्को साता नेपाल आउने स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले जानकारी दिए ।

भुटानले पनि नेपाललाई शुक्रबार तीन लाख डोज एष्ट्राजेनेका खोप उपलब्ध गराएको थियो । एष्ट्राजेनेकाको यो खोप कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएका साढे १३ लाख ज्येष्ठ नागरिकलाई लगाइने मन्त्रालयले जनाएको छ।

सरकारले अक्सफोर्ड एस्ट्राजेनेकाले विकास गरेको र भारतको सेरम इन्स्च्यिूटले उत्पादन गरेको कोभिडसिल्ड खोप साढे १३ लाख ज्येष्ठ नागरिकले गत चैतमा लगाएका थिए । पैसा उपलब्ध गराउँदा पनि सेरम इन्स्च्यिूटले खोप उपलब्ध नगराउँदा उनीहरुले दोस्रो डोज लगाउन पाएका थिएनन् ।

प्रतिकृया दिनुहोस्