News Portal

कक्षा १२ को परीक्षा स्थगित

रातोपोस्ट संवाददाता
१००० पटक

काठमाडौ, २३ साउन । कक्षा १२ को परीक्षा स्थगित भएको छ । आज बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले परीक्षा स्थगित गरेको हो ।

स्वास्थ्य मन्त्रालयले सबै तहका परीक्षाहरु स्थगित गर्न सीसीएमसीलाई सिफारिस गरेपछि बोर्डको बैठक बसेको थियो ।

साउन ३१ गतेदेखि कक्षा १२ को परीक्षा हुँदैथियो ।

महामारीको परिस्थिति अनुकूल भएपछि परीक्षा संचालन गर्ने निर्णय आज बसेको बोर्ड बैठकले गरेको छ । फेरि परीक्षा गर्नेबारे १५ दिन अघि जानकारी दिने बोर्डले जनाएको छ ।

गतवर्ष कक्षा १२ को परीक्षा मंसिरमा महीनामा भएको थियो । परीक्षा स्थगित गर्न स्वास्थ्य मन्त्रालयले सीसीएमसी र शिक्षा मन्त्रालयलाई सिफारिस गरेको थियो ।

बोर्डले आगामी श्रावण ३१ गतेबाट १२ कक्षाको परीक्षा सञ्चालन हुने भनेर सूचना निकालेको थियो । तर, कोरोना संक्रमण फेरि बढ्न थालेको भन्दै परीक्षा रोक्न सामाजिक सञ्जालमार्फत बोर्डलाई दवाव परिरहेको थियो ।

बोर्डका अनुसार कोभिडको परिस्थितिलाई आँकलन गरेर भविष्यमा अर्को निर्णय हुनेछ । हाल वैकल्पिक विधिबाट परीक्षा लिनेबारे कुनै निर्णय भएको छैन ।

प्रतिकृया दिनुहोस्