News Portal

स्वास्थ्य बीमा बोर्डका ५ सदस्यले दिए सामूहिक राजीनामा

रातोपोस्ट संवाददाता
२८१ पटक

काठमाडौँ, ३० असाेज । स्वास्थ्य बीमा बोर्डबाट पाँच सदस्यले सामूहिक राजीनामा दिएका छन् । राजीनामा दिनेमा डा. सुरेश तिवारी, डा.तारा साह, चन्द्र थापा, टीका चापागाईँ र इन्द्रकला राई रहेका छन् । स्वास्थ्य बीमा कार्यक्रम भद्रगोल बनाउने मनसायले कार्यकारी निर्देशकलाई निलम्बन गरिएको उनीहरूको आरोप छ ।

यस्तै, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र मन्त्रीले स्वास्थ्य बीमा कार्यक्रमलाई स्वायत्त बन्न नदिन लागि परेको उनीहरूको भनाइ छ ।

यस्तै, स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले कार्यकारी निर्देशकलाई तीन महिनाका लागि निलम्बन गरिएका हुन् । यस्तै, आठ महिनादेखि बोर्ड अध्यक्ष विहीन छ । अब पाँच जनाले राजीनामा दिएपछि बोर्डमा निमित्त कार्यकारी निर्देशक र अर्थ मन्त्रालयका दुई जना प्रतिनिधि सदस्य मात्रै छन् ।

प्रतिकृया दिनुहोस्