रातोपोस्ट संवाददाता
झापा, ३ जेठ । झापाको दमक नगरपालिका–३ स्थित भित्री सडक खण्डमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
मंगलबार साँझ ५ बजे ताराबारीबाट गोलाटारतर्फ जाँदै गरेको प्रदेश १–०१–०१५ प ८७३६ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक झापा मेचीनगर नगरपालिका–५ का ३० वर्षीय सुनिल लावतीको मृत्यु भएको हो ।
घाइते लावतीलाई उपचारको लागि बिएन्डसी अस्पताल बिर्तामोड ल्याइएकोमा उपचारको क्रममा राति पौने १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।