News Portal

बिर्तामोडको होटलमा एक व्यक्ति मृत भेटिए

रातोपोस्ट संवाददाता
२३१ पटक

झापा, २ असार । झापा बिर्तामोडको मुख्य राजमार्गमा रहेको पाथिभरा होटल एन्ड लजमा एक व्यक्ति मृत अवस्थामा भेटिएका छन् ।

इलाम सूर्योदय नगरपालिका वडा नम्बर- ४ बस्ने ३८ वर्षका कर्म शेर्पा होटलभित्र झुन्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । मलेसियाबाट फर्केर उनी जेठ २८ गतेदेखि सो होटलमा बसेका थिए ।

होटलको बन्द कोठाभित्रबाट दुर्गन्ध आएपछि शनिबार (हिजाे) बेलुका ढोका फोडेर हेर्दा झुन्डिएको अबस्थामा उनी भेटिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी प्रकाश विष्टले बताए ।

शेर्पाले केही दिनअगाडि नै झुन्डिएको हुनसक्ने आशंका गरिएको छ । मृतकका आफन्त बोलाई शवको सर्जमिन गरी पोस्टमार्टममा पठाउने तयारी गरिएको डिएसपी विष्टले जानकारी दिए । मृतक शेर्पाका श्रीमती र नाबालक सन्तान रहेको बताइएको छ ।

प्रतिकृया दिनुहोस्