News Portal

रेडियाे मन्त्र तेस्राे बर्षमा प्रवेश

रातोपोस्ट संवाददाता
५० पटक

झापा , १ असाेज । झापाको मेचीनगर- ७ इटाभट्टाबाट प्रसारणमा रहेको रेडियो मन्त्र १०५.४ मेगाहर्जले आज तेस्राे बर्षमा प्रवेश गरेकाे छ । झापा टाइम्स मिडिया नेटवर्कले सञ्चालन गरेको रेडियो मन्त्रले २०७९ असोज १ गतेदेखि प्रसारण शुरु गरेकोमा आज दुई बर्ष पुरा गरी तेस्राे बर्षमा प्रवेश गरेकाे हाे । मूलत स्थानीय विषय बस्तुलाई प्राथमिकतामा राखेर प्रसारण सामाग्री उत्पादन गरी प्रसारण गरिरहेको रेडियो मन्त्रका स्टेशन मेनेजर मनिसा गौतमले बताइन् ।

देशभरि रेडियोहरु बन्द भइरहेको अवस्थामा रेडियो मन्त्र स्थापना भएकोले पनि प्रसारण मिडियामा आएको चुनौतिलाई सामना गर्दै रेडियोलाई आम मानिसको दैनिकीसँग जोड्दै अगाडी बढाउने योजना रहेको रेडियो मन्त्रका कार्यकारी निर्देशक ज्ञानेन्द्र निरौलाले बताए

आगामी दिनमा आम नागरिकसँग प्रत्यक्ष सराेकार राख्ने विषयमा केन्द्रित रहेर थप कार्यक्रम उत्पादन गरी प्रसारण गरिने कार्यकारी निर्देशक निराैलाले जानकारी दिए । दोस्रो बार्षिक उत्सवको अवसरमा स्रोता, विज्ञापनदाता र अन्य सबै शुभेच्छुकहरुलाई रेडियो मन्त्रले हार्दिक आभार प्रकट गरेको छ । यसैबिच रेडियो मन्त्रले आयोजना गरेको तीज भिडियो प्रतियोगिता २०८१ का बिजेतालाई आज पुरस्कार बितरण गरिदै छ ।

हरितालिका पर्वको अवसरमा रेडियो मन्त्रले फेसबुक पेज मार्फत सञ्चालन गरेको प्रतियोगिताका विजेताहरूलाई रेडियोकाे कार्यालयमा एक कार्यक्रमकाे आयाेजना गरी पुरस्कार वितरण गर्ने छ । प्रतियोगितामा बिर्तामोड- ४ का सरिता बराल प्रथम, मेचीनगर- १ का बिश्मिता घिमिरे दोस्रो र कनकाई नगरपालिकाका पुजा संग्रौला तथा साथीहरुकाे समुह तेस्रो भएको थियाे ।

प्रतिकृया दिनुहोस्