News Portal

मेचीनगरका चलचित्र निर्माता तथा द्वन्द्व निर्देशक मेचेको निधन

रातोपोस्ट संवाददाता
५६ पटक

झापा, २७ असाेज । चलचित्र निर्माता तथा द्वन्द्व निर्देशक सोबिलाल मेचेको निधन भएको छ । करिब २ दशक लामो समयसम्म नेपाली कथानाक चलचित्रमा निर्देशक र कलाकारको रूपमा सकृय मेचे पछिल्लो समयमा पेट सम्बन्धि स्वास्थ्य समस्याका कारण एक वर्षयता थलिएका थिए ।

स्वास्थ्योपचारका क्रममा आर्थिक अभाव भएपछि कलाकार मेछेले घरबाट स्वास्थ्य फलोअप गर्दै आएका थिए । मेचेले नेपाली र मेचे भाषाका चलचित्र जेन्नै तेन्नै, बगानेरे फुल, सितार सिन्दुर र भारतमा दर्जनौं चलचित्रमा कलकारिताको भुमिका गर्दै आएका थिए ।

थुप्रै फिल्महरुमा द्वन्द्व निर्देशक, निर्माता र नेपाली सर्ट सिरियल तथा कमेडी भिडियो क्लिपमा कलाकार भुमिका खेलेका थिए । मेचीनगर-११,धाइजन निवासी मेचे नेपाल चलचित्रकर्मी महासंघ कोशीका, नेपाल चलचित्र द्वन्द्व कलाकार संघ कोशी प्रदेश सदस्य समेत हुन् । उनको उपचारको क्रममा निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।

प्रतिकृया दिनुहोस्