News Portal

भद्रपुरकी पूर्व उपप्रमुखका छोरा निश्चलको स्कुटर दुर्घटनामा परी निधन

रातोपोस्ट संवाददाता
८० पटक

झापा, १७ पुस । झापा भद्रपुर नगरपालिकाकी पूर्व उपप्रमुख चन्द्रमाया श्रेष्ठको २९ वर्षीय छोरा निश्चल राजभण्डारीको बिहीबार साँझ निधन भएको छ । भद्रपुर- ८ निवासी निश्चल र उनकी श्रीमती पूजा राजभण्डारी तीनदिन अघि भक्तपुरको सानोठिमीमा स्कुटर दुर्घटनामा परी गम्भीर घाइते भएका थिए । घाइतेमध्ये निश्चलको नर्भिक हस्पिटलमा सघन उपचारकक्षमा उपचारको क्रममा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । कानुन व्यवसायी समेत रहेका चन्द्रमायाको निश्चल एक्लो सन्तान थिए ।

पूजाको उपचार भइरहेको छ । निश्चल र पूजा अध्ययनका लागि अस्ट्रेलियामा बसेर केही दिन अघि मात्रै भद्रपुर घर आएका थिए । दुवै जना बिहीबार रातिको अस्ट्रेलिया उड्ने योजनामा थिए । अस्ट्रेलिया जानु अघि उनीहरू बजारबाट सामान किनेर भक्तपुरको निजी निवासमा फर्कने क्रममा कुकुरले सडकमा अवरोध पुर्‍याएपछि स्कुटर अनियन्त्रित भई दुर्घटनामा परेको थियो । निश्चलका बुबा दुर्गा राजभण्डारी मेची अस्पताल भद्रपुरका पूर्व कर्मचारी हुन् ।

प्रतिकृया दिनुहोस्