News Portal

काँकरभिट्टामा प्रदेशस्तरीय क्रिकेट प्रतियोगिता सुरु

रातोपोस्ट संवाददाता
१११ पटक

मेचीनगर, २० पुस । प्रदेशस्तरीय प्रधानमन्त्री क्रिकेट महिला टी–२० कप प्रतियोगिता सुरु भएको छ । कोशी प्रदेश क्रिकेट संघको आयोजनामा मेचीनगर–६ स्थित तुर्केनी खेल मैदानमा शुक्रबारदेखि प्रतियोगिता सुरु भएको हो ।

प्रतियोगिताको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका कोशी प्रदेश क्रिकेट संघका सचिव टीकाराम पुरीले नयाँ खेलाडी उत्पादन, खेलाडीको क्षमता अभिवृद्धि लगायत विभिन्न उद्देश्य राखेर प्रतियोगिता सुरु गरिएको बताए ।

कार्यक्रममा झापा जिल्ला क्रिकेट संघका अध्यक्ष प्रविन थापा, क्रिकेट संघका प्रदेश सचिव लाक्पा लामा, कोशी प्रदेश सदस्य तथा क्रिकेट छनोट समितिका संयोजक सुरेश गुरागाईं, कोषाध्यक्ष विरु श्रेष्ठ, काँकरभिट्टा खानेपानी संस्थाकी कोषाध्यक्ष विमला तामाङ लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन सन्देश प्रसाईंले गरेका थिए । प्रतियोगिता झापा, मोरङ र इलामका खेलाडीहरुको सहभागिता रहेको छ ।

प्रतिकृया दिनुहोस्