News Portal

सिन्धुपाल्चोक पहिरो अपडेट : ११ मृतकको पहिचान खुल्यो, २७ जना अझै बेपत्ता

रातोपोस्ट संवाददाता
३४६ पटक

काठमाडौं, साउन ३१ । सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ लिदीमा गएको पहिरोमा परि मृत्यु भएका ११ जनाको सनाखत भएको छ।

मृत्यु हुनेमा लिदीका टीकामाया दोङ, छिरिङ दोङ, जिताई झाँक्री, मिलन दोङ, सानू दोङ, जयबहादुर दोङ, दावा ल्हामु दोङ, तारल्हमो दोङ, पिर्ती दोङ, धनमाया दोङ र रिमेक्स दोङ छन्।

उनीहरु सबैको सामूहिक दाहसंस्कार गर्ने तयारी भएको जुगल गाउपालिकाकी उपाध्यक्ष सिर्जना तामाङले बताईन्। स्थानीयहरुको ईच्छाअनुसार नै बौद्ध परम्पराअनुसार शवको सामूहिक रुपमा लामाहरुबाट अन्त्येष्टि गर्ने गरिएको उनले बताईन्।

शुक्रबार बिहान साढे ६ बजे गएको पहिरोमा परि ११ जनाको मृत्यु भएको छ भने २७ अझै बेपत्ता भएका छन्। उनीहरुको खोजी जारी छ। पहिरोमा परि २७ घर पुरिएको छ भने, १७ जना घाइते छन्।

प्रतिकृया दिनुहोस्